जनता टाइम्स

२७ बैशाख २०७९, मंगलवार १२:४०

दक्षिण कोरियामा नयाँ राष्ट्रपति सुक योल


सीउल, २७ बैशाख । युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको सपथ लिनुभएको छ । राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिनुभएको हो ।

आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिनुभएको हो । ‘म जनतासामु गम्भीरताका साथ सपथ लिन्छु कि म राष्ट्रपतिको कर्तव्यहरू इमानदारीका साथ पूरा गर्नेछु’, सपथमा उहाँले भन्नुभयो । छिमेकी प्योङयाङसँग कडाइ गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।