काठमाडौं, २७ बैशाख । मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको समयमा देशका अधिकांश स्थानमा पानी पर्ने भन्दै सचेत गराएपछि निर्वाचन आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयलाई त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
मतपेटिका सुरक्षित राख्नको लागि स्थानीय तहसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको आयोगले जानकारी दिएको छ । २८, २९ र ३० गते पानी पर्ने सम्भावना भएकाले मौसम पूर्वानुमान महाशाखासँग छलफल गरेर त्यसका लागि आवश्यक बन्दोबस्त गर्न निर्देशन दिईएको आयोगले उल्लेख गरेको छ ।
तत्काल आयोगले पानीबाट ओत्ने सामग्री खरिद गरेर पठाउन सकिने सम्भावना नरहेकाले पानीबाट ओत्ने सामग्री खरिद गरेर पठाउन स्थानीय तहमा रहेका विपद् व्यवस्थापन कोष र विपद् व्यवस्थापन समितिसँग यस्ता खालका सामाग्री रहेकाले त्यहीबाट व्यवस्थापन गर्न आयोगले आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्