जनता टाइम्स

२७ बैशाख २०७९, मंगलवार १४:४८

सुदूरपश्चिमको राजधानी डडेल्धुरामा ल्याउँछु : प्रधानमन्त्री देउवा


डडेलधुरा, बैशाख २७ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी डडेल्धुरा ल्याउने भन्दै जिल्लावासीलाई आश्वासनको पोको बाँडनुभएको छ ।

डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै देउवाले कांग्रेसका सबै उम्मेदवारलाई जिताए संरचना बनाएर राजधानी डडेल्धुरा ल्याएर छोड्ने बताउनु भएको हो । ‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, भोली पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु,’ प्रधानमन्त्रीको भनाई थियो ।

डडेल्धुरामा संरचना नहुँदा राजधानी बनाउने भनेर दिएको वाचा पूरा गर्न नसकेको कारण नै प्रदेश राजधानी धनगढीमा राख्नुपरेको देउवाको भनाई छ ।