जनता टाइम्स

२७ बैशाख २०७९, मंगलवार १७:३९

नेकपा एसका सल्लाहकार पुण्य गौतम एमालेमा प्रवेश


काठमाडौं, २७ बैशाख । नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गर्नुभएको छ । आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित एमालेको जनसभा कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर उहाँलाई एमालेमा भित्र्याउनुभएको हो ।

नेकपा एस कांग्रेसको पुच्छर भएको र एमसीसीमा डबल स्टान्ड लिएकाले आफूले सो पार्टी छाडेको उहाँले बताउनुभएको छ । उहाँसँगै केही युवा नेता तथा कार्यकर्ता पनि एमाले प्रवेश गर्नुभएको छ ।