काठमाडौं, २७ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले धाँधली नगर्ने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमालेले निर्वाचन आँधली नगर्ने भन्दै निर्वाचन आयोगसहित प्रहरीलाई आ–आफ्नो कर्तव्य पूरा गर्न आग्रह गर्नुभयो ।
अरु पार्टीले धाँधली गर्न सक्ने आशंका गर्दै ओलीले मतदान सकिएपछि मतपत्रलाई आँखाबाट ओझेल पर्न नदिन कार्यकर्तालाई निर्देशन दिनुभयो । आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भइरहेको भन्दै उहाँले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा सत्तारुढ गठबन्धनसहित सरकारी संयन्त्रमाथि आशंका उब्जाउनुभयो ।














प्रतिक्रिया दिनुहोस्