काठमाडौं, २७ वैशाख । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो ।
आज निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट बञ्चित नगरिने बताउनुभएको हो । मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उहाँले नागरिकता प्राप्त गरेका सबै नागरिकले मतदान गर्ने पाउने गरि व्यवस्था गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्