भैरहवा, २७ बैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले जनतासंग झुठो कुरो नबोल्न गृहमन्त्री बालकृष्ण खाडलाई चेतावनी दिनुभएको छ । नेकपा एमालेले गरेका काम एक पटक हेर्न आग्रह गर्दै पूर्व मन्त्री घनश्याम भुसालले एमालेले गरेका सडक विकासलाई फिता लिएर नाप्न समेत आग्रह गर्नुभयो । नेकपा एमाले सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै भुसालले कांग्रेसको आम सभामा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले एमालेका बिरुद्ध कु प्रचार गरेको बताउनुभयो ।
‘जनताका बिचमा सिद्धार्थनगरमा हामि हिसाब गर्न आएका हौं । हामीले के के गर्यौ भन्न आएका हौँ हिँजो कांग्रेसले भाषण गर्दा एमालले नपाली नागरिकता दिएन भनेर भ्रम फैलाएको छ । नागरिकता बिधेयक लिएर नागरिकता नपाएकालाई नागरिकता दिन खोज्ने पार्टी एमाले उल्टै एमाले माथि आरोप लगाउने ?’ भुसालले भन्नुभयो , ‘जनताका अंगाडी सहि बोल्न सक्नुहुन्न भने नबोल्नुहोस ।’ उहाँले नेकपा एमालेले सिद्धार्थनगरमा ५ वर्ष पहिलेको तुलनामा धेरै विकास गरेको बताउनुभयो । विकास निर्माणका कामहरु बारे भुसालले भन्नुभयो, ‘हामीले बनाएका नयां सडक फिता लिएर नाप्नोस ।’ सिद्धार्थनगरमा ३० किलोमीटर नयां सडक खोलेको दाबी गर्दै उहाँले एमालेले गरेका कामलाई जनताका बिचमा भ्रम नफैलाउन आग्रह गर्नुभयो । जनतासंग ब्रमास्त्र आज जनतासंग भएको बताउँदै एमाले नेता भुसालले सहि समयमा सहि ठाउँमा मतदान गर्न आग्रह गर्नुभयो । ‘सार्बभौमसत्ता जनताले सहि निर्णय गर्ने बेला यहि हो । ५ बर्सको निर्णय गर्ने समय आएको छ ।’ भुसालले भन्नुभयो, ‘लोकतन्त्रमा हामीले सहि समयमा सहि निर्णय गर्न सकेनौं भने गलत हुन्छ । बिश्वमा गृह युद्द हुन्छ । १ सय दिनमा १० लाख मानिस मरेका छन् । जनताले ठिक निर्णय गर्ने बेला यहि हो ।’
सभामा बोल्दै नेकपा एमालेबाट सिद्धार्थनगर नगरपालिकाका मेयर पदका उम्मेदवार डा। राम प्रसाद बस्यालले रचनात्मक कामको बिकासका लागी नेकपा एमालेलाइ मत दिन आग्रह गरे । ‘मतदान सु पात्रलाई दिनुपर्छ । कसले काम गर्छ त्यसलाई मत दिनुहोस ।’ उहाँले भन्नुभयो । नेकपा एमालेबाट उप मेयरकी उम्मेदवार उमा अधिकारीले निरन्तर राजनीति गरेर आएको महिला भएका कारण आफूलाई मत दिन आग्रह गर्नुभयो । ‘राजनीति कसैले श्रीमती , बुहारी, दिदि भएर मत दिने होइन ।’ अधिकारीले भन्नुभयो (‘महिला हिंसाका कुरा उठाउंदा एमालेले धेरै कुरा उठाएको छ ।’













प्रतिक्रिया दिनुहोस्