जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार ०७:३५

दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते


दार्चुला, २८ वैशाख। दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ ।झडपमा वडा अध्यक्षका एमाले उमेदवार मानसिंह बडाल लगायत घाइते हुनुभएको छ । उहाँको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो ।

एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताउनुभयो। उहाँले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।