काठमाडौं,२८ बैशाख । स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा निर्वाचन आयोगले देशैभर सिसीटिभीबाट निगरानी गर्ने भएको छ।
स्थानीय तहका मतगणनास्थलमा केन्द्रबाटै सिसिटिभी क्यामेराबाट निगरानी तयारी गरिएको हो। आयोगले सबै पालिकाका मतगणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरेर निगरानी तयारी अघि बढाइएको जानकारी दिएको छ ।
देशभरका ७ सय ५३ वटा पालिकाको अनुगमन निर्वाचन आयोगले केन्द्रीय कार्यालयबाट गर्नेछ। ७ सय ५३ पालिकामध्ये लगभग ५ सय वटा पालिकाको क्यामेरा जडान भइसकेको छ भने बाँकी पालिकासँग समन्वय गरेर बुधबार र बिहीबारसम्ममा क्यामेरा जडान गर्ने तयारी अघि बढेको आयोगले उल्लेख गरेको छ ।
स्थानीय तह निर्वाचनको मौनअवधि मंगलबार राति १२ बजेबाट सुरु भइसकेको छ। आयोगले मौन अवधिमा गर्न पाइने र नपाइने कामबारे आचारसंहिता जारी गरिसकेको छ।













प्रतिक्रिया दिनुहोस्