जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार १८:५२

कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिद्वारा मौन अवधिमा पार्टी परित्याग, ३ वटा नगरपालिका र एक पालिकामा प्रभाव


कपिलवस्तु, २८ वैशाख । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्यसमेत रहेका कपिलवस्तुका कृष्णप्रसाद पौडेलले पार्टीबाट राजीनामा दिनुभएको छ । समितिले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएको कारणले पौडेलले राजीनामा दिनुभएको हो ।

उहाँको राजीनामाले शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिकामा प्रभाव पार्ने देखिएको छ ।

२०३७ सालदेखि निरन्तर पार्टीमा योगदान गरेका र नेपालको प्रजातान्त्रिक आन्दोलन, सत्याग्रहमा सामेल हुनुभएको पौडेल सक्रिय कार्यकताका रुपमा चिनिनुहुन्छ । पार्टी क्षेत्रीय सचिव, जिल्ला कार्य समिति सदस्य, दुई पटक महाधिवेशन प्रतिनिधिसमेत रहनुभएको उहाँ पार्टी परित्यागपछि स्वतन्त्र रहने जनाउनुभएको छ ।