जनता टाइम्स

२९ बैशाख २०७९, बिहीबार ०८:३६

बिहीबार पनि मतदाता परिचयपत्र वितरण गरिदै


काठमाडौं २९ बैशाख । निर्वाचन आयोगले बिहीबार पनि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ।

आयोगले नयाँ मतदातालाई मतदान केन्द्रबाटै मतदाता परिचयपत्र बाँडिरहेको छ।पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारदेखि मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको हो।

जुन क्रम बिहीबार पनि जारी रहनेछ।आयोगले मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिन मतदान अधिकृत र मतदानमा खटिएका कर्मचारीहरूलाई निर्देशन दिइसकेको छ।आयोगले कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न मतदाताहरूलाई अपिल गरेको छ ।

शुक्रबार बिहान ७ बजेदखि बेलुका ५ बजेसम्म स्थानीय तहको निर्वाचन हुँदैछ। जसका लागि देशभरका २१ हजार ९५५ मतदान केन्द्र छन्।