वुटवल, २९ बैशाख । लुम्बिनी प्रदेशको रूपन्देहीमा मौन अवधिमा पैसा बाँड्न हिडेँका माओवादी नेता विनोद पहाडी जनताबाट समातिनुभएको छ । रूपन्देहीको सैनामैना ९ मा त्यहाँका स्थानीयले पहाडीलाइ समातेर प्रहरीको जिम्मा लगाएका हुन । संविधानसभा सदस्य समेत रहेका माओवादी केन्द्रका नेता पहाडी मतदातालाई पैसा बाडिरहेको अवस्थामा रंगेहात फेला परेको स्थानीयले बताएका छन ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ९ पिपलधारा स्थित दलित परिवारलाई बाड्न ल्याएको रकम सहित पहाडीलाइ समातेर स्थानीयले प्रहरीको जिम्मा लगाएको भए पनि प्रहरीले छाडिदिएको छ ।बुधबार साँझ पैसा बाड्दै गरेका पहाडीलाई स्थानीय युवाहरुले समातेर प्रहरीको जिम्मा लगाएका थिए । पहाडीको साथबाट लाखौँ रूपमा बरामद भएको भए पनि त्यसबारे प्रहरीले केही बताएको छैन ।













प्रतिक्रिया दिनुहोस्