काठमाडौं, २९ बैशाख । दाङको भालुवाङबाट पक्राउ परेका नेकपा (बहुमत्) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले सोधपुछपछि छोडेको छ । बास्तोलाले आफू भर्खरै प्रहरीको नियन्त्रणबाट छुटेको बताउनुभयो । बुटबलमा भएको विस्फोट र चुनावको बहिष्कारसम्बन्धी विषयलाई लिएर आज प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो ।
प्रहरीको सोधपुछमा बास्तोलाले आफ्नो पार्टीले स्थानीय चुनाव विथोल्ने खालका क्रियाकलाप नगर्ने जानकारी गराउनुभएको छ।प्रहरी हिरासतबाटै आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग फोनमा कुराकानी गरेको बास्तोलाले बताउनुभयो ।‘मेरो प्रधानमन्त्री र गृहमन्त्रीसँग हिरासतमै कुरा भएको थियो । उहाँहरुसँग मैले आफ्नो कुरा राखेपछि प्रहरी लचिलो भएको हो’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्