जनता टाइम्स

२९ बैशाख २०७९, बिहीबार १८:४१

कांग्रेसी डन कुन्दनको दादागिरी, एमाले वडा सदस्य उम्मेदवारको घरमा तोडफेड,नगद तथा सुन लुटपाट


चरिकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दन काफ्ले सहितको टोलीले एमालेको वडा सदस्यको घरमा तोडफोड गर्नुका साथै लुटपाट गरेको छ ।दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर – ३ जफे घर भएका कुन्दनले सोही वडाका वडा सदस्यका उम्मेदवार कृष्णबहादुर तामाङ सहति उहाँका परिवारलाई आक्रमण गर्नुका साथै नगद तथा सुनको गहना लुटेका छन् ।वडा अध्यक्षका उम्मेदवार सन्तोष पोखरेलका अनुसार काफ्ले सहितको समुहले दिउँसो करिब १ बजेको समयमा छौडे मानेडाँडा स्थित घरमै गएर वडा सदस्यको घरमा तोडफोड र परिवारलाई धम्क्याउन थालेका थिए ।

केहि समयपछि गाउँलेहरु मिलेर समुहलाई लखेटेका छन् भने लखेट्ने क्रममा कुन्दन समुहका कहि घाइते भएको स्थानीय सन्जीव पोखरेलले जानकारी दिनुभयो । तामाङ परिवरले घट्नामा आफ्नो दुई लाख ५० हजार रुपियाँ नगद र तीन तोला सुन कुन्दन समुहले लुटेको दावी गर्नुभएको छ।घट्ना लगतै घट्नास्लमा प्रहरी पुगेका छन् भने घट्नाको बारेमा जाँचबुझ भइरहेको प्रहरीले जनाएको छ । कुन्दन काफ्लेले गाउँमा मतदाता धम्क्याउन र बुथ कब्जा गर्न ६० भन्दा बढि गैरमतदाता युवाहरु भित्र्याएको छ । ‘चौरभरी अपरिचित अनुहारका युवाहरु थियो कहाँबाट आएका हुन थाहा भएन् , सन्जीवले भन्नुभयो । यस अघिको निर्वाचनमा पनि कुन्दनले वडा नम्बर–३ जफेको विभिन्न मतदान स्थलमा अवरोध गर्दै आएका थिए ।\