गुल्मी, २९ वैशाख । स्थानीय तहको निर्वाचन अधिकृतको रुपमा गुल्मीको ईस्मा गाउँपालिकामा खटिएका उधोग मन्त्रालयका उपसचिव लेखनाथ ज्ञवाली नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन परिचालित भएको रहस्य खुलेको छ ।कांग्रेसका उम्मेदवारहरुलाई निर्वाचित गर्न अधिकृत ज्ञवालीले वडाहरूमा खटिएका मतदान अधिकृतहरूलाई कांग्रेसका उम्मेदवारहरूलाई गोप्य रूपमा सहयोग गर्न भनेको एक कर्मचारीले बताउनुभएको छ । निर्वाचन अधिकृत ज्ञवालीका यस्ता खालका गतिविधिले निर्वाचन निष्पक्ष स्वतन्त्र र धाँधली रहित हुनेमा आशंका उब्जिएको छ । कांग्रेस बाहेकका अन्य उम्मेदवारहरूलाई असहयोग गर्ने र निर्वाचन कानुनलाई उल्लंघन गर्ने काम गरिरहेका छन् । जागिरे जीवनमा अधिकृत ज्ञवालीको छवि विवादस्पद छवि रहेको छ ।
ज्ञवालीले काँग्रेस उम्मेदवारहरूसँग गोप्य बैठक गरेको भन्दै अन्य दलका उम्मेदवारहरूले भने आपत्ति जनाएका छन् । ज्ञवालीले भने आरोप अस्वीकार गर्नुभएको छ तर, उहाँको हर्कतले निष्पक्ष निर्वाचन हुनेमा शंका उत्पन्न भएको छ ।













प्रतिक्रिया दिनुहोस्