काठमाडौँ ,३० बैशाख। स्थानीय तहमा नयाँ जनप्रतिनिधि चयनका लागि आज देशभर निर्वाच भइरहेको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ ।
यस पटक बढीमा ६ दिनभित्र निर्वाचन परिणाम आउने गरी मतगणनाको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।यस पटक मतदाता नामावलीमा समावेश भएका तर परिचयपत्र नभएकालाइ पनि परिचय खुल्ने कागजपत्रको आधारमा मतदान गर्न दिने व्यवस्था मिलाइएको छ । मदिरा सेवन गरेर मतदान गर्न गएमा भने प्रवेश पाउने छैनन् ।
सरकारले अति संवेदनशिल स्थानमा हवाई गस्तीको व्यस्था गरेको छ । साथै देशको कुनै पनि मतदानस्थलमा आधा घण्टाभित्र पुग्न सक्ने गरी हेलीकोप्टरलाई ‘स्ट्याण्डबाइ’ अवस्थामा राखेको छ ।यस पटकको स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता सहभागी हुँदै छन् ।
जसमा ८९ लाख ९२ हजार १० जना पुरुष छन् भने ८७ लाख ४१ हजार ५ सय ३० महिला मतदाता रहेका छन् । लैंगिक अल्पसंख्यक मतदाता भने १ सय ८३ जना मात्र रहेका छन् । निर्वाचनको लागि देशभर १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र रहेको छ । सबैभन्दा बढी मतदान केन्द्र मधेस प्रदेशमा २ हजार १ सय ६३ रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ९ सय ७ मात्र मतदान केन्द्र रहेको छ ।














प्रतिक्रिया दिनुहोस्