काठमाडौं, बैशाख ३० । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले पालिका चुनावको पहिलो चरण शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । पहिलो चरणको चुनावपछि सञ्चारकर्मीसँगको कुराकानीमा समितिका निवर्तमान महासचिव डा.गोपालकृष्ण सिवाकोटीले काठमाडौंको बानेश्वरमा कल सेन्टर स्थापना गरेर पालिका चुनावको पर्यवेक्षण गरिरहेको बताउनुभयो । जियोकले ७७ जिल्लामा १२ सय पर्यवेक्षक खटाएर चुनावको सूचना सङ्कलन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
निवर्तमान महासचिव सिवाकोटीले आज बिहान ११ बजेसम्मको जानकारी अनुसार देशभरका विभिन्न ३६ वटा मतदान केन्द्रमा प्रचारप्रसारका सामग्रीहरू मतदान केन्द्रको वरपर पाइएको बताउनुभयो । उहाँले १७ वटा मतदान केन्द्रबाहिर मत किन्ने जस्ता क्रियाकलाप भएको पाइएको, चार सय चार वटा मतदान केन्द्रमा कम्तीमा सात जना मतदान अधिकृत उपस्थित रहेको पाइएको जानकारी दिनुभयो । उहाँका अनुसार सबैजसो मतदान केन्द्रमा ९९ प्रतिशत मतदान केन्द्रमा चुनावका लागि आवश्यक सबै सामग्री पाइएको छ ।













प्रतिक्रिया दिनुहोस्