जनता टाइम्स

३० बैशाख २०७९, शुक्रबार १६:३०

भरतपुरमा एमालेले जित्छ, प्रचण्डले हार स्वीकार गरिसके : बादल


काठमाडौं, बैशाख ३० । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले भरतपुरमा एमाले नै विजयी हुने दाबी गर्नुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार समेत स्वीकार गरिसकेको जिकिर गर्नुभयो ।

शुक्रबार गृहनगर भरतपुरको नारायणी उच्च मावि केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा बादलले भन्नुभयो , ‘सूर्य चिन्हले जित्छ भन्ने अस्तिको भेलाबाट थाहा भइसकेको छ । प्रचण्डले त आज बिहान पनि हारजित स्वभाविक भन्दै बोलिसकेका छन् । यसबाट नै थाहा हुन्छ नि प्रचण्डको स्वीकारोक्ति ।’ एमालेले भरतपुर महानगरपालिकामा विजय सुवेदीलाई उठाएको छ भने गठबन्धनको तर्फबाट प्रचण्डकी छोरी समेत रहेकी माओवादी केन्द्रकी नेतृ रेनु दाहाल उम्मेदवार हुनुहुनछ ।