काठमाडौँ, बैशाख ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी गठबन्धनको निर्वाचनमा हिंसा भड्काउन खोजेको बताउनुभएको छ । अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै सत्ताधारी गठबन्धनले उत्तेजनापूर्ण गतिविधि गरेको आरोप लगाउनुभएको हो । सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रुपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गर्यो, विज्ञप्तिमा भनिएको छ । एमालेले कतिपय स्थानमा गृह प्रशासनको भूमिका असन्तुलित भएको जनाएको छ ।
लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँच दलीय सत्ता गठबन्धनबाट यसप्रकारको अधिनायकवादी कार्य भयो, विज्ञप्तिमा भनिएको छ, ती स्थानमा गृह प्रशासन अस्वभाविक रुपमा असन्तुलित देखियो । अध्यक्ष ओलीले सत्ताधारी गठबन्धनको षड्यन्त्रलाई चिर्दै स्थानीय तह चुनाव सम्पन्न भएको जनाउनुभएको छ । प्रतिकूलतालाई पन्छाउँदै लाखौं नयाँ मतदाता र १ सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसम्मले हाम्रो आधारभूत तहको लोकतन्त्रलाई सुदृढ गर्न उत्साहका साथ मतदान गर्नुभयो एमाले अध्यक्ष ओलीले भन्नुभएको छ । ओलीले विभिन्न स्थानीय तहमा चुनावी मान्यता विपरितको घटना भएको भन्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति दुःख गर्नुभएको छ । ओलीले स्वच्छ निर्वाचन विपरीतका घटना भएका, मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र भय त्रास सिर्जना गरी मतदाताहरुलाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरी समेत गरिएको जनाउनुभएको छ । यसलाई गम्भीरतापूर्वक लिन म निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछु उहाँले भन्नुभएको छ ।
पूर्णपाठ














प्रतिक्रिया दिनुहोस्