जनता टाइम्स

३० बैशाख २०७९, शुक्रबार २२:३७

मनाङको चामेमा मत गणना सुरू, अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता


काठमाडौँ, वैशाख ३० ।मनाङको चामे गाउँपालिकामा मत गणना सुरु भएको छ । प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ ।

कूल ५ वटा वडामाध्ये २ वटा वडाको मतगणना भइसक्दा एमालेका अध्यक्ष उम्मेदवार लोकेन्द्रबहादुर घलेले १५२ र उपाध्यक्ष उम्मेदवार आशाकुमारी गुरुङले १५४ मत ल्याउनुभएको छ ।।त्यस्तै, कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १२९ मत ल्याउनुभएको छ ।