जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ०६:१०

मनाङको चामेबाट एमालेको विजयी सुरुवात, घले फेरि बने अध्यक्ष


मनाङ, ३१ बैशाख । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात पार्नुभएको छ । उहाँ ३२० महितसहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत प्राप्त गर्नुभयो । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष हुनहुन्थ्यो । उहाँले २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर जित हात पार्नुभएको थियो।

चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी हुनुभएको छ । एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाउनुभयो । चामेको वडा नम्बर १को अध्यक्षमा एमालेका र २ नम्बरमा कांग्रेसका वडाध्यक्षा निर्विरोध निर्वाचित भएका थिए । वडा ३ र ४ मा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ५मा वडा अध्यक्षमा दुबै दलका उम्मेदवारले ३०–३० मत पाएका छन् ।