नुवाकोट, असार २८
पासाङल्हामु मार्गको ककनी–त्रिशूली खण्डको निगालेमा पहिरोले सडक अवरुद्ध भएको छ । ककनी गाउँपालिका–४ निगालेमा सडकमाथिबाट आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकको पहिरो पन्छाउने कार्य भइरहेकाले अपरान्हसम्म सडक सञ्चालन हुनेसक्ने प्रहरीको भनाइ छ । निर्माणाधीन बालाजु–रानीपौवा–त्रिशूली सडकको निर्माणकार्य अलपत्र परेका कारण वर्षातको बेलामा पहिरो जाँदा समस्या हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्