जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ०७:२२

गठबन्धनका उम्मेदवारलाई हराउँदै तीन गाउँपालिका अध्यक्षमा एमाले विजयी : कांग्रेस एक


मुस्ताङ, ३१ बैशाख । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी हुनुएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाउनुभयो । त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २ सय २५ मत लिएर पछ्याउनुभएको थियो । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा पनि एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध हुनुभएको थियो । मनाङको नासोँ गाउँपालिका अध्यक्षमा एमालेका मनबहादुर गुरुङ १९४ मतका साथ विजयी हुनुभएको छ। गठबन्धनका धनबहादुर गुरुङले ३९ मतका साथ पराजय व्यहोरेनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले १५२ मताका साथ विजयी हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनका तर्फबाट बेदवहादुर गुरुङले ५५ मतका साथ पराजय हुनुभएको छ । १ नं. वडाध्यक्षमा एमालेका मिनराज गुरुङ विजयी हुनुभएको छ । त्यस्तै मनाङको चामे गाउँपालिका वडा नम्बर–५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी हुनुभएको छ। निर्वाचनमा उहाँको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०/३० मत आएको थियो ।

त्यसपछि गोलाप्रथा हुँदा कैले गुरुङ विजयी हुनुभएको छ । स्थानीय तह २०७९ सालको निर्वाचनमा काँग्रेसको तर्फबाट मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षबाट जीत सुरुवात गरेको हो । नार्पाभूमि अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामाले विजयी प्राप्त गर्नुभएको हो । लामा गाउँपालिका भरबाट १५८ मत ल्याएर विजयी हुनुभएको छ । शुक्रबार राति सम्पन्न मतगणनामा उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत प्राप्त गर्नुभएको छ । यस गाउँपालिकामा जम्मा ४ सय ८४ मतदाता रहेका थिए । तर निर्वाचनमा जम्मा ३०४ मत मात्रै खसेको थियो ।