जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ०९:३१

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी


काठमाडौँ ( मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६८९ मत पाएर विजयी हुनुभएको छ । उनाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धन नेकपा समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाउनुभको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६४१ मत लिएर विजयी हुनुभयो । उहाका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २२५ मत लिएर पछ्याउनुभएको थियो ।