जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ००:००

मनाङको मनाङ ङिस्याङमा एमाले विजयी


मनाङ बैशाख ३१ ।  मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षका एमाले उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षका प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले)७ सय १३ मत ल्याएउनुभएको छ । कान्छा यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याउनुभएको हो ।राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएउनुभउको छ । वडा नं. १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतका साथ विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मत ल्याउनुभएको छ । वडा नं. २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतका साथ निर्वाचित हुनुभएको छ । एमालेका कर्म गुरुङले ५५ मत ल्याएउनुको छ । वडा नं. ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै वडाअध्यक्षमा निर्विरोध भइसकेका छन् ।

वडा नं। ४ मा एमालेका कमल गुरुङ ८७ मतका साथ विजयी भएका छन् । कांग्रेसका फूलमाया गुरुङले ३४ मत पाएका छन् । वडा नं। ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतका साथ विजयी भएका छन् । एमालेका सोनाम ताप्के गुरुङले १०५ मत ल्याएका छन् । वडा नं। ६ मा एमालेका सोनाम गुरुङ १३५ मतका साथ निर्वाचित भएका छन् । कांग्रेसका छिरिङ ओङगेल घलेले ९७ मत ल्याएका छन् । वडा नं। ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतका साथ विजयी भएका छन् । एमालेका कान्छा गुरुङले ५५ मत ल्याएका छन् । वडा नं। ८ मा एमालेका पेम्बा गुरुङ १ सय ३४ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका पेमछिरिङ गुरुङले ९८ मत ल्याएका छन् । वडा नं। ९ मा स्वतन्त्रका च्योल्पा गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन् ।
मनाङमा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशतमात्रै मत खसेको थियो ।