जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ११:३५

दैलेख जिल्लाको महावु गाउँपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी


दैलेख ३१ बैशाख ।  दैलेख जिल्लाको महावु गाउँपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छन् । वडाध्यक्षमा सर्वराज सार्कीले ६९२ मत ल्याएर विजयी भएका हुन । वडाध्यक्ष पदका उम्मेद्वार नेपाली काँग्रेसका सूर्यराम सावदले ६३६, नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएर पराजित भएका छन् ।

खुला वडासदस्यमा एमालेका जयबहादुर गुरुङले ७२३, बलबहादुर बयकले ७०९ मत ल्याएर विजयी भएका छन् । यस्तै, महिला सदस्यमा एमालेका सरस्वती रोकाय ७२५ र दलित महिला सदस्यमा एमालेकै हरिकला सुनारले ७१४ मत ल्याएर विजयी भएका छन् । अध्यक्ष पदमा भने नेकपा एमालेले अग्रता लिएको छ । एमालेले ७३०, काँग्रेसले ३५३ मत ल्याएको छ । उपाध्यक्षमा एमाले ७०४ र काँग्रेस ५७६ मत ल्याएको छ ।