जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ११:४१

दशरथचन्द नपा ११ वडामा एमालेको प्यानल नै विजयी


कैलाली, बैशाख ३१ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा एमालेका जयदत्त पन्तको प्यानल विजयी भएको हो । उनीहरूको आधिकारिक मत परिणाम भने सार्वजनिक गरिएको छैन ।यसअघि बैतडीकै सुर्नया गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्ष प्यानलसहित विजयी भएका थिए ।