दोलखा, बैशाख ३१ । नेकपा एमालेले सात वटा मतदान केन्द्रमा बुथ कब्जा गरेको प्रमाणसहित पुन मतदानको माग गरेको छ । एमाले अध्यक्ष नरबहादुर श्रेष्ठले आज निर्वाचन आयोगमा उजुरी दिनु भएको हो ।
यस्तो छ एमालेको माग
प्रस्तुत विषयमा मिति २०७९।०१।३० गते दोलखा जिल्लाको तपसिलका मतदान केन्द्रमा हुल-हुज्जत, बल प्रयोग गरी मतदान केन्द्रमा कब्जा गरी मतदाताहरुलाई मतदानको अवसरबाट बञ्चित गरी बुथ-कब्जामा लिई स्वतन्त्रपूर्वक मतदान गर्ने अवसरबाट बञ्चित गरिएको हुँदा उक्त मतदान केन्द्रमा मतदान प्रक्रिया खारेज गरी पुनः मतदान गर्ने आवश्यक व्यवस्था गरिदिनुहुन अनुरोध छ।
तपसिलः
१. वैत्येश्वर गाउँपालिका
क. वडा नं. १ को वडा कार्यालय भवन मतदान केन्द्र
२. तामाकोशी गाउँपालिका
क. वडा नं. ३ को कालापानी मा.वि. भवन मतदान केन्द्र
ख. वडा नं. ४ को गोल्मेश्वर मा.वि. डाँडागाउँ मतदान केन्द्र
३. मेलुङ गाउँपालिका
क. वडा नं. ५ को डाँडाखर्क मा.वि. मतदान केन्द्र
४. कालीञ्चोक गाउँपालिका
क. वडा नं. ७ को सुर्योदय आधारभुत विद्यालय मतदान केन्द्र
५. विगु गाउँपालिका
क. वडा नं. २ को देउलाङ्गेश्वर आधारभुत विद्यालय, ओराङ मतदान केन्द्र
ख. वडा नं. ७ को गौरीशंकर मा.वि. विगु मतदान केन्द्र













प्रतिक्रिया दिनुहोस्