जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १४:०७

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी


काठमाडौं, ३१ बैशाख । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिङजीन नामगेल गुरुङ विजयी हुनुभएको छ । उहाँ ८ सय ७६ मतसहित निर्वाचित हुनुभएको हो । उहाक्ँ निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकि गुरुङ निर्वाचित हुनुभएको छ। उहाँ नेपाली कांग्रेसकी धेच आङमो गुरुङलाई पछि पार्दै विजयी हुनुभएको हो । ढिकीले ७ सय ४९ मत प्राप्त गर्दा आङमोले ६ सय ७७ मत पाउनुभएको छ ।