जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १६:५१

लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित


मुस्ताङ, ३१ बैशाख । नेकपा एमालेले मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दुवैमा विजयी भएको छ । एमालेका टसी नुर्बु गुरुङ अध्यक्षमा ६६८ मत ल्याएर विजयी हुनुभयो भने उपाध्यक्षमा पनि एमालेकै छयुमी बिष्ट गुरुङ ६३२ मत ल्याएर निर्वाचित हुनुभयो ।दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निकटत प्रतिद्वन्द्वी रहे ।

अध्यक्षमा कांग्रेसका टसि गुरुङले ५१४ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षमा छिरिङ ढोका गुरुङलाई ५२९ मत पाउनुभयो ।२०७४ मा लोमान्थाङको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।