काठमाण्डौ,बैसाख ३१। काठमाडौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै रहेको छ ।
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा पछिल्लो पटक सार्वजनिक गरेको मतगणनाको परिणाम अनुसार बालेन शाहले ४०२ मतका साथ अग्रता कायम लिनुभएको हो ।
साहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहनूर भएको छ भने तेश्रोमा नेपाली कांग्रेसकी सिर्जना सिंहको मत परिणाम आएको छ।
केशव स्थापितले ३१९ मत पाउदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत पाउनु भएको छ ।
यसैगरी राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत पाउनुभएको छ भने विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले १३ मत पाउनु भएको छ ।
अहिले महानगरका वडाहरू १, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ।














प्रतिक्रिया दिनुहोस्