बिराटनगर, बैशाख ३१ । मोरङको कटहरी गाउँपालिका १ मा नेकपा एमालेका हरिनारायण राजवंशीले १ सय ११ मत अन्तरले विजयी हुनुभएको छ । एमाले उम्मेदवार राजवंशीले ९६० मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएको कटहरीका निर्वाचन अधिकृत होमनाथ भट्टराइले जानकारी दिनुभयो ।
निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वनाथ माझीलाई १ सय ११ मतले पराजित गरी राजवंशी वडाअध्यक्षमा निर्वाचित हुनुभएको हो । राजवंशीले ८ सय ४९ मत ल्याएर बिजयी हुनुभएको छ । कटहरी १ मा २ हजार ७९७ मत खसेको थियो ।













प्रतिक्रिया दिनुहोस्