चितवन, जेठ १ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि देखिनु भएको छ । दाहाल गठबन्धनबाट उम्मेदवार बन्नुभएको हो ।
२ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाउनु भएको छ नेकपा एमालेक विजय सुवेदीले १ हजार ७ मत पाउनु भएको छ । सुवेदीलाई राप्रपाको पनि साथ छ ।
कांग्रेसका बागी उम्मेदवा जगन्नाथ पौडेलले ३९० मत पाउनुभएको छ । उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्