जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार ०७:५५

चितवनका राप्ती नगरका दुई ओटा वडामा एमालेको प्यानलै विजयी


चितवन, जेठ १ । चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका ११ र राप्ती नगरपालिका ६ मा एमालेको प्यानलै विजयी भएको हो ।

कालिका ११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी हुनुभएको छ । विजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याउनु भएको छ । यस अगाडि नै दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

यसैगरी राप्ती ६ को अध्यक्षमा जल्लु महतो थारु १८ सय १६ मत ल्याएर विजयी हुनुभएको छ । वडा सदस्यमा एमालेका ममिता कुँवरले १७ सय ५८, राजकुमार तामाङले १६ सय ५३, सहदेव सेढाइले १४ सय ७७ र दलित महिला सदस्य गुनु विकले १७ सय ५२ मत ल्याएर विजयी हुनुभएको छ ।

एउटा वडाको मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले १५ सय ३२, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले १२ सय ७८ मत प्राप्त गर्नुभएको छ ।