जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार ०७:५६

पाल्पाको तिनाउ गाउँपालिका १ मा नेकपा एमालेको प्यानल नै विजयी


पाल्पा, १ जेठ । पाल्पाको तिनाउ गाउँपालिका १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

अध्यक्षमा एमालेका भुवनसिंह चिदी १ हजार १४१ मतसहित विजयी हुनुभएको छ ।उहाका प्रतिस्पर्धी गठबन्धनका हस्तबहादुर रास्कोटीले ९७९ मत प्राप्त गर्नुभएको छ ।

वडा सदस्यमा खुलातर्फ देउबहादुर पुन १ हजार १२१, यमबहादर गाहा १ हजार १२७, महिला खुला सदस्यमा धनकुमारी बगाले १ हजार १३० र दलित महिला सदस्य रुपकुमारी कामी १ हजार १३८ मतसहित विजयी हुनुभएको हो ।