चितवन, जेठ १ । चितवनको इच्छाकामना गाउँपालिका २ को अध्यक्षमा एमालेका पञ्चबहादुर चेपाङ विजयी हुनुभएको छ । चेपाङ ६८३ मत ल्याएर दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो ।
गठबन्धनबाट अध्यक्षका उमेदवार माओवादीका प्रकाश बुढाथोकीले ५१४ मत प्राप्त गर्नुभएको छ । २०७४ मा पनि चेपाङ र बुढाथोकीबीच नै प्रतिस्पर्धा भएको थियो । यसपटक पनि गठबन्धनलाई हराएर चेपाङ बिजयी बन्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्