जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार ०९:०९

रसुवाको गोसाईकुण्ड गाउँपालिका-३ मा एमालेको प्यानल नै विजयी


रसुवा, जेठ १ । रसुवाको गोसाईकुण्ड गाउँपालिका-३ मा नेकपा एमालेको वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।

एमालेका मिङमर छिरिङ तामाङले २ सय ६० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका डुक्तार तामाङले १ सय ६७ मत ल्याउनु भएको छ ।

यस्तै वडा सदस्यमा पालज्योर लामा, छेवाङ निमा तामाङ र महिला सदस्यमा सीता घले तामाङनी विजयी हुनुभएको छ ।