जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार ०९:२०

दोलखामा माओवादीले खोल्यो खाता, गौरीशंकर १ मा प्यानल नै बिजयी


दोलखा, जेठ १ । दोलखाको गौरीशंकर गाउँपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रकाश खडका प्यानलसहित बिजयी हुनुभएको छ । भर्खरै प्राप्त नतिजाअनुसार खडका ४ सय ५६ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।

यसैगरी सदस्यहरुमा पनि माओवादी केन्द्रकै उम्मेदवार बिजयी भएका छन । सदस्यहरुमा रामबहादुर बस्नेत, बीरध्वज खडका, गंगा चर्मकार र रामकुमारी जिरेल बिजयी हुनुभएको छ । गौरीशंकर १ जुँगु माओवादी नेतृ देवी खडका र बिशाल खडकाको गृहनगर हो ।