धरान, जेठ १ । धरानको वडा नं २ को मतगणनाको अन्तिम परिणाम घोषणा भएको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालले अन्तिम मतपरिणा घोषणा गर्नु भएको हो । वडा २ मा एमालेबाट वडाअध्यक्ष रमेश राई र एक जना सदस्य समिर राई विजयी हुनुभएको छ ।
वडाअध्यक्षमा विजयी राईले ७४८ मत ल्याउनु भएको छ भने कांग्रेसका उम्मेद्वार सुधिरसिंह लिम्बुले ६२७ मत पाउनु भयो ।यसैगरी एमालेबाट विजयी समिर राईले ६६० मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका अजय राईले ६५५ मत पाउनु भएको छ ।
यस्तै, दलित महिला सदस्यमा बुनु शंकरले ६८० मत पाएर विजयी हुनुभयो । एमालेका उम्मेद्वारले ६५५ मत पाउनु भएको छ । यस्तै, महिला खुला सदस्यमा कांग्रेसकी उम्मेद्वार सन्ध्या श्रेष्ठले ६८४ मत पाएर विजयी हुनुभयो भने प्रतिद्धन्दी एमालेकी उम्मेद्वारले ६६७ मत पाउनु भयो । यस्तै कांग्रेसका दिनेश अग्रवालले ६९१ मत ल्याएर विजयी हूँदा प्रतिद्धन्दी एमालेका उम्मेद्वारले ६२८ मत पाउनु भयो ।













प्रतिक्रिया दिनुहोस्