जनता टाइम्स

२८ असार २०७६, शनिबार १५:४०

घुससहित उपकुलपति समातिएपछि देउवाले नै खोलिदिए लेनदेनमा भएको नियुक्तिको पोल


काठमाडौं, असार २८ । धरानस्थिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार आठ लाख घुससहित रंगेहात पक्राउ परेपछि कांग्रेस नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापा एकाएक चर्चामा आउनु भएको छ । अमेरिकी दुतावासको गोप्य दस्तावेज सार्वजनिक भएलगत्तै निकै चर्चामा आउनुभएका थापाले सो बिषयमा प्रष्टिकरण दिन नपाउँदै रौनियारका कारण फेरि चर्चामा आउनु भएको हो ।

गगन थापा जस्तो ब्यक्तिले भित्रैदेखि मन पराएर पार्टी सभापतिकै निर्देशनबिपरित निकै जोडबलले उपकुलपति बनाएको ब्यक्ति घुससहित पक्राउ परेपछि थापामाथि पनि अनेकन आशंका उब्जिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौनियारलाई विहिवार साँझ उनकै सरकारी निवासबाट पक्राउ गरेको थियो, ८ लाख रुपैया घूसकसहित ।

अस्पतालको परिसरभित्रै रहेको निजी निवासबाट घुसको रकमसहित रौनियार प्रक्राउ परेका हुन् । भवन निर्माणसम्वन्धी ठेक्कामा कमिशन माग गरेको उजुरी अख्तियारमा परेपछि उनीमाथी अख्तियारले निगरानी राखेको थियो । निगरानीकै क्रममा घुस लिएको फेला परेपछि उनीसहित घुस रकम राख्न सहयोग गर्ने भतिजा डा. रामहरी रौनियार पनि पक्राउ परेका छन् । डा. रामहरी धरानमै एमबीबीएस सकेर एमडी अध्ययनरत रेसिडेन्ट डाक्टर हुन ।

उपकुलपति रौनियार नेपाली कांग्रेस निकट चिकित्सक हुन । उहाँलाई कांग्रेस सभापति शेरबहादुर देउवाले नै उपकुलपति नबनाउन आदेश दिएपनि थापाले नियुक्त गर्नुभएको थियो । आफू स्वास्थ्यमन्त्री रहेको बेला थापाले रौनियारलाई नियुक्त गर्नुभएको थियो । रौनियार पक्राउपछि कांग्रेसभित्र फेरि पुरानो घाउँ बल्झिएको छ । अख्तियारले पक्राउ गरेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले नै दाम लिएर नियुक्ति गरेपछि यस्तै हुन्छ भन्दै रौनियार नियुक्तिको पोल खोल्नुभएको छ । देउवा निकट एक नेताका अनुसार रौनियारले पार्टीको नाममा मन्त्रीन्ज्यूलाई टक्र्याएको भन्दै आफूलाई जवाफ दिएका थिए ।

‘मैले गगनलाई पुरानैलाई भिसी बनाउ, रौनियारलाई नगर भनेको थिएँ, मेरो कुरा अस्वीकार गरेर नियुक्त गर्यो, नियुक्त भएको केही समयपछि घरमै बोलाएर पार्टीलाई सहयोग गर्नू पर्दैन भन्दा त टक्र्याईसकें पो भन्छ,’ आफू निकट नेतासँग सभापति देउवाको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्ससँग भने, ‘उस्ले मन्त्रीज्यूलाई टक्र्याएँ भन्यो, झण्डै ११ क जति भनेको थियो ।’ आफू निकटसँग देउवाले त्यसबेलाको थापासँगको सम्वादसमेत जस्ताको तस्तै राख्नुभएको ती नेताको भनाई छ ।

मैले गगनलाई पुरानैलाई भिसी बनाउ, रौनियारलाई नगर भनेको थिएँ, मेरो कुरा अस्वीकार गरेर नियुक्त गर्यो, नियुक्त भएको केही समयपछि घरमै बोलाएर पार्टीलाई सहयोग गर्नू पर्दैन भन्दा त टक्र्याईसकें पो भन्छ

‘गगन त भन्ने एउटा, गर्ने अर्कै पो रहेछ, मेरै कुरा अस्वीकार गरेर त्यस्तो बदमासी गरेको भीसीले नै मलाइ भनेको हो, त्यही भएर नियुक्तिपछि पार्टीलाई केही गरेन,’ देउवाको भनाई उधृत गर्दै स्रोतले भन्यो । तात्कालिन मन्त्री थापामाथि बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा रौनियार नियुक्त गरेलगत्तै दामको आधारमा नियुक्ति भन्दै कांग्रेसकै चिकित्सकहरुले आरोप लगाएका थिए । थापामाथि कसैले १४ करोड लिएको त कसैल ११ करोड लिएको आरोप त्यसबेला लगाएका हुन । यस बिषयमा थापाले अहिलेसम्म प्रतिवाद गर्नुभएको छैन ।