जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार ११:४८

ललितपुरको उपमेयरमा एमाले उम्मेदवार मञ्जली गठबन्धनभन्दा तेब्बर मतले अगाडि


ललितपुर, जेठ १ । ललितपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रमाथि नेपाली कांग्रेसबाट गम्भीर घात भएको पाइएको छ। वडा नम्बर १ को मत परिणाम सार्वजनिक हुँदा यस्तो तथ्य बाहिर आएको हो । उक्त वडामा कांग्रेसका मतदाताले माओवादीका उपमेयर उम्मेद्वार बाबुराझ बज्राचार्यलाई भोट नदिई उम्मेद्वार नै नभएको रुख चिन्हमा मत दिएका छन्।

जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार, वडा नम्बर १ को मत परिणाम सार्वजनिक हुँदा कांग्रेसले उपमेयर नउठाएको उक्त महानगरमा रुख चिह्नमा ३११ मत परेको हो। उक्त वडाबाट वडाध्यक्षमा ६६१ मत ल्याएर स्वतन्त्र उमेदवार निर्मल तण्डुकार निर्वाचित हुनुभएको छ । बज्राचार्यले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ध्रुवलाल तण्डुकारलाई २३६ मतान्तरले जित्नुभएको हो ।

तण्डुकारले ४२५ मत ल्याउनु भएको छ । उक्त वडाबाट एमालेकी उपमेयर उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले उपमेयरमा ४२० मत पाउनु भएको छ । गठबन्धनबाट माओवादी केन्द्रका माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले जम्मा १६७ मत मात्र पाउनु भएको छ ।

ललितपुरको मेयरमा चिरिबाबु महर्जन एमालेसँग फराकिलो अन्तरले अघि छन्। महर्जनले ८७७ मत ल्याउँदा एमालेका उम्मेदवारले हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाउनु भएको छ । मेयरमा उम्मेदवारी नदिएको माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्हमा १० मत परेको छ।