जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार १२:१५

बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी


बझाङ, १ जेठ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी हुनुभएको छ । उहाँ २ हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी हुनुएको हो । रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२ सय ३ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती ३१ सय ५० मत ल्याएर विजयी हुनुभएको छ। उहाँकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५ सय ८७ मत पाउनुभयो । यस्तै, वडा नम्बर १मा माओवादीका रवीन्द्र जोशी, २मा एमालेका रवीन्द्र खाती, ३ मा माओवादीका प्रकाश भण्डारी, ४ मा कांग्रेसका रामचन्द्र जोशी, ५ मा कांग्रेसका नरबहादुर खाती, ६ मा नेकपा एसका अनिलकुमार विष्ट विजयी भए ।यस्तै, वडा नम्बर ७मा एमालेका किस्‍ने सार्की र ८ मा एमालेका कविराज जोशी निर्वाचित भए ।