भक्तपुर जेष्ठ १ । सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारबाट नेकपा एमालेले आफ्नो खाता खोल्न सफल भएको छ ।
नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३ सय १० मत ल्याएर विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी राप्रपाका शेखर थापाले ११३० मत ल्याउनु भएको छ। यस अघिको स्थानीय तहको निर्वाचनमा पनि सिरुटारको वडा अध्यक्ष सानुकाजी कायस्थ नै निर्वाचित हुनुभएको थियो ।
यस्तै सिरुटारमा एमालेले वडा अध्यक्ष सहित खुल्ला महिला सदस्यमा मंजु कार्की, दलित महिला सदस्यमा कल्पना कार्की, खुल्ला वडा सदस्यमा कुमार प्रसाद चौलागाईले विजयी हुनुभएको छ । खुल्ला वडा सदस्यमा भने नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।













प्रतिक्रिया दिनुहोस्