दोलखा, जेठ १ । दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको वडा नं. १ बाट नेकपा एमालेले विजयी शुरुवात गरेको छ । यस वडामा नेकपा एमालेका वसन्त थापासहित फराकिलो अन्तरले प्यानलै निर्वाचित भएको छ ।
एमालेका वसन्त थापाले ७१९ मतसहित विजयी हुँदा नेपाली काँग्रेसका राम्जी खड्काले ४७७ मै चित्त बुझाउनु परेको छ ।
नेपाली काँग्रेसले सत्ता र शक्तिको चरम दुरुपयोग गरि मतदाता परिचयपत्र लुट्ने, मतदाता धम्क्याउने, बुथ कब्जा गर्ने असफल प्रयस गर्ने, बाटोमा रुख ढालेर मतपेटिका साट्ने दुस्प्रयास गर्ने जस्ता विभिन्न हर्कत गरे पनि नेकपा एमाले शानदार रुपमा विजयी भएको हो ।













प्रतिक्रिया दिनुहोस्