सिन्धुपाल्चोक, जेठ १ । विवाद भएपछि दोस्रोपटक गरिएको मतगणनामा पनि जुगल– २ को वडा अध्यक्षमा एमालेका चन्द्रकाजी लामा विजयी हुनुभएको छ ।
पहिलोपटक गरिएको गणनामा एक मतले जित्नुभएका लामाले दोस्रोपटक गणना गर्दा ९ मत बढी पाउनूर भएको छ । पहिलो गणनामा धाँधली भएको भन्दै माओवादीले आपत्ति जनाएपछि दोस्रोपटक गणना गरिएको थियो ।
सुरुमा गन्दा लामाले ६०९ र प्रतिस्पर्धी माओवादीका प्रताप लामाले ६०८ मत पाउनु भएको थियो । दोस्रोपटक गन्दा ६१२ र ६०३ मत आएको छ ।













प्रतिक्रिया दिनुहोस्