जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार १४:२७

मुस्ताङमा एमालेको बर्चश्व, पाँचमध्ये चार ओटा पालिकामा बिजयी (सूचीसहित)


मुस्ताङ, जेठ १ । हिमालपारीको जिल्ला मुस्ताङका सबै पालिकाको मतगणना सकिएको छ । पछिल्लो मतगणना परिणाम अनुसार थासाङ गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचन एक हजार १ सय ४४ मत पाएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत पाउनु भएको छ ।

उपाध्यक्षमा भने कांग्रेसका सोमल हिराचन एक हजार एक सय १२ मत लिएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत पाउनु भएको छ ।

घोषित मतपरिणाम अनुसार लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ । घरपझोङ गाउँपालिकामा कांग्रेसले जितेको छ । एमालेले थासाङ र घरपझोङमा उपाध्यक्ष पनि गुमाएको छ ।