म्याग्दी, जेठ १ । म्याग्दीको मालिका गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार बिजयी हुनुभएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार पालिका अध्यक्षमा वेगप्रसाद गर्वुजा र उपाध्यक्षमा एमालेकै लक्ष्मी पुनः विजयी हुनुभएको छ ।
यो जीतसँगै म्याग्दीमा पालिका अध्यक्ष, उपाध्यक्षमा एमालेले विजय सुरुवात गरेको हो । मत परिणामअनुसार एमालेका वेगप्रसाद गर्वुजा ३ हजार ९१ मत पाएर विजयी हनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रीप्रसाद रोकाले २ हजार ९ सय ७० मत पाउनु भएको छ । नवनिर्वाचित गर्वुजा ०७४ सालको निर्वाचनमा रोकासँगै पराजित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्