जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार १५:४१

तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले उम्मेदवार खापुङ्ग बिजयी


तेह्रथुम, जेठ १ ।  तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेदवार भएका यादवबहादुर गुरूङ विजयी हुनुभएको हो । गुरुङले गठबन्धनका उम्मेदवार धनकुमार लिम्बुलाइ पराजित गर्नुभएको छ ।

उपाध्यक्षमा गठबन्धनको तर्फबाट गितादेवी तिमल्सिना विजयी हुनुभएको छ । उहाँले एमालेकी प्रेमलता घिमिरेलाइ पराजित गर्नुभएको हो । एमालेले १, ४, ५ र ६ नम्बर वडामा पनि जितेको छ ।

बाँकी वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन । एमालेबाट वडा नम्बर ६ मा प्रदीपकुमार बुढाथोकी, वडा नम्बर ५ मा दोजराज गौतम, वडा नम्बर ४ मा कविन्द्रकुमार लिम्बु र वडा नम्बर १ मा डम्बरबहादुर लिम्बु विजयी हुनुभएको छ ।