जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार १६:३३

दार्चुलामा कांग्रेसको गढ भत्कियो, मन्त्री वडूको पालिकामा एमालेको सानदार जीत


दार्चुला, जेठ १ । दार्चुला सदरमुकाम खलंगासमेत समेटिएको महाकाली नगरपालिकाको मेयर र उप मेयरमा नेकपा (एमाले) का उम्मेदवारहरुले विजय हासिल गरेका छन् ।

मेयरमा नरसिंह चैसिर र उप मेयरमा दुर्गाकुमारी खत्रीले विजयी हुनुभएको हो । उहाँहरूले गठबन्धनका साँझा उम्मेदवार हंशराज भट्ट र खत्रीले सुना बोहरालाई पराजित गर्नुभएको हो ।

गत २०७४ को स्थानीय तह निर्वाचनमा चैसिर भट्टसँग पराजित हुनु भएको थियो । यसपटक गठबन्धनको बावजुद उहाँ बिजयी बन्नु भएको हो । यस्तै अधिकांस वडाहरुमा पनि एमालेका वडा अध्यक्ष बिजयी भएका छन । यो नगरपालिका कांग्रेस नेता तथा देउवा सरकारका प्रभावशाली मन्त्री दिलेंद्र बडुको गृहपालिका हो ।