जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार १९:१५

धादिङको बेनीघाटरोराङमा भयो दुई मतले हारजीत


धादिङ, जेठ १ । धादिङको बेनीघाटरोराङ गाउँपालिका वडा ३ नेकपा एमाले विजयी भएको छ । प्राप्त मत विवरण अनुसार नेकपा एमालेका भुवन त्रिपाठी दुई मतको अन्तरमा विजयी हुनु भएको हो ।

बिजयी एमाले उम्मेदवार त्रिपाठीले ८५१ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ऋषिनाथ त्रिपाठीले ८४९ मत प्राप्त गरेका छन् ।